अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट पूर्वमन्त्री पहाडीको मृत्यु

कोरोनाबाट पूर्वमन्त्री पहाडीको मृत्यु


नेपालगञ्ज- कोरोना भाइरसको संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ ।

डोल्पाका पहाडी मधुमेह र उच्च रक्तचापका बिरामी हुनुहुन्थ्यो । कोरोनाले थलिएपछि भेरी अञ्चल अस्पताल भर्ना हुनुभएका पहाडीको गए राती उपचारका क्रममा मृत्यू भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

डोल्पाबाट पटकपटक संसदीय चुनाव जित्नुभएका पहाडी आपूर्ती मन्त्री र वन तथा भूसंरक्षण मन्त्री हुनुभएको थियो । पहाडी कांग्रेसका नेता हुनुहुन्थ्यो ।