अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक जारी

एमालेको स्थायी कमिटी बैठक जारी


काठमाडौं -नेकपा एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा  बैठक केही बेरअघि सुरु भएको छ ।
स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माका अनुसार १० बजेका लागि बैठक बोलाइएको भए पनि नेताहरु आउने क्रम जारी रहेको छ । बैठकका एजेण्डा बारे केही नबताइएको विश्वकर्माले नेपाली बहस डट कमलाई बताउनुभयो ।
तर बैशाख २७ गते प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने र राष्ट्रिय सभाको आसन्न निर्वाचनका बारेमा छलफल हुने अनुमान गरिएको छ । यसैगरी माधव नेपाल समुहले काँग्रेस,माओवादीसँग मिलेर बागमती प्रदेशमा उम्मेद्वार तयार गरेपछि उनीहरुलाई थप कारबाहीको निर्णय हुन सक्ने पनि स्रोतको दाबी छ