अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री शितलनिवासमा

स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री शितलनिवासमा


काठमाडौं -नेकपा एमालेको स्थायी कमिटी बैठक समिने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्टपति भेट्न शितल निवास जानुभएको छ ।

बैठकमा भोलि मनोनयन हुने राष्टिय सभाको निर्वाचनमा मतको आंकलन र अहिलेको समसामयिक परिस्थितीको बारेमा छलफल भएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

निर्णयको तहमा कुनै पनि कुरा नभएको तर विमर्शको तहमा विभिन्न बिषयहरु उठेको विश्वकर्माले बताउनुभयो ।

आज साँझसम्ममा सबै स्थायी कमिटी सदस्यहरुले आफ्नो आफ्नो क्षेत्रको मतको अवस्था बारे प्रधानमन्त्रीलाई जानकारी गराउने सहमती भएको छ ।