अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक : राष्ट्रिय सभाको उम्मेदवार र विश्वासको मतबारे छलफल

एमाले स्थायी कमिटी बैठक : राष्ट्रिय सभाको उम्मेदवार र विश्वासको मतबारे छलफल


काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी बैठकमा राष्ट्रिय सभामा पार्टीको तर्फबाट उम्मेदवार बनाउने विषय र सरकारले लिने विश्वासको मतका बारेमा छलफल गरेको छ ।

आज बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालको उम्मदवारको जित सुनिश्चित हुने गरी छलफल अघि बढाउने निर्णय भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘उम्मेदवारको बारेमा हामी छिट्टै निर्णय गर्नेछौँ,’ उहाँले भन्नुभयो ।

सरकारले विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो । विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल भइरहेको र छलफललाई निरन्तरता दिने निर्णय भएको नेता ज्ञवालीले बताउनुभयो ।

वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको एकजना सदस्यको लागि निर्वाचन हुँदैछ । जेठ ६ गते हुने सो निर्वाचनको लागि रामबहादुर थापा बादललाई एमालेले उम्मेदवार बनाउने बताउँदै आएको छ ।

त्यस्तै, सरकारले विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधि सभा बैठक बोलाइएको छ । तीनै विषयमा छलफल गर्न आज एमाले स्थायी कमिटी बैठक बसेको हो ।