काठमाडौं- चार जना संघीय सांसदलाई कोरोना पुष्टि भएको छ ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, नरमाया ढकाल र रामबाबु यादवलाई कोरोना पुष्टि भएको हो ।
‘कलेक्टिभ रिपोर्ट आउन बाँकी छ । व्यक्तिगत रूपमा उहाँहरूको मोबाइलमा म्यासेज आउन थालेको छ । एकीकृत रिपोर्ट आइसकेको छैन । बेलुकासम्म आउँछ होला,’ उहाँले भन्नुभयो, ‘चार जनाको व्यक्तिगत सम्पर्क गरेर थाहा भएको हो । अरू पनि होलान । ठ्याक्कै यति भन्ने स्थिति भएन ।’
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते आह्वान गरिएको विशेष अधिवेशनका लागि सचिवालयले बुधवार र बिहीवार गरी सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरू, मर्यादापालकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको हो ।
बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । आज पनि स्वाब संकलन जारी छ ।







प्रतिक्रिया