काठमाडौं-वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका उहाँको आज निधन भएको हो ।
गायक प्रधानको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिनुभयो ।
प्रधान प्रसिद्ध नेपाली गायकमध्ये एक हुनुहुन्थ्यो । उहाँ वि.सं १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिनुभएको थियो ।
गायक प्रधानले ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’ ‘पर लैजाउ फूलहरू’लगायत चर्चित गीत गाउनुभएको छ ।
प्रतिक्रिया