अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 कवि तथा समालोचक मालीको निधन

 कवि तथा समालोचक मालीको निधन


काठमाडौं- कवि तथा समालोचक इन्द्र मालीको बिहीबार बिहान निधन भएको छ । मुटुरोगबाट शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा मालीको निधन भएको हो ।

७९ वर्षीय माली नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य र सदस्य सचिव हुनु भएको थियो । उहाँ नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येतासमेत हुनुहुन्थ्यो ।

नेपाली भाषामा पनि कलम चलाउने उहाँका नेपाल भाषा र कविता सम्बन्धी थुप्रै कृति प्रकाशित छन् । नेपाल भाषामा हाइकु विधा भित्र्याउने श्रेय पनि उहाँलाई दिइन्छ । मालीका श्रीमती, एक छोरा र दुई छोरी हुनुहन्छ ।