काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले गायक प्रधानको निधनप्रति दुःख व्यक्त गर्नु भएको हो ।
‘मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ, ‘नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।’
गायक प्रधानको आज न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रधान प्रसिद्ध नेपाली गायकमध्ये एक हुनुहुन्थ्यो । उहाँ वि.सं १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिनुभएको थियो ।
गायक प्रधानले ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’ ‘पर लैजाउ फूलहरू’लगायत चर्चित गीत गाउनुभएको छ ।







प्रतिक्रिया