अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेमा एकैदिन ५०८ जना संक्रमणमुक्त

बाँकेमा एकैदिन ५०८ जना संक्रमणमुक्त


नेपालगञ्ज- केही दिन यता बाँकेमा कोरोना सङ्क्रमणमुक्त हुने क्रम ह्वात्तै बढेको छ । आज मात्रै ५०८ जना संक्रमणमुक्त भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यति धेरै सङ्ख्यामा एकैदिन सङ्क्रमणमुक्त भएको यो नै पहिलो भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँले बाँकेमा बिहीवार २४१ महिला र २६७ पुरुष गरी जम्मा ५०८ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको जानकारी दिनुभयो ।

जिल्लामा कोरोना विजेताहरु बढ्दै गएपछि अस्पतालमा भर्ना भएका बिरामी सङ्क्रमितहरुको पनि मनोबल बढेको भेरी अस्पतालले जनाएको छ ।

सो अस्पतालका सुचना अधिकारी डा. संकेतकुमार रिसालले बिहीबार ५०८ जना सङ्क्रमणमुक्त भएपछि लक्षण भएका र नभएका अन्य सङ्क्रमितको मनोबल निकै उच्च भएको बताउनुभयो ।

उहाँले समयमै कोरोना परीक्षण गराउने, सुरक्षाका उपायहरु अपनाउने र चिकित्सकको सल्लाह अनुसार औषधि सेवनसँगै अन्य दिनचर्या गर्ने हो भने कोरोनालाई सहज रुपमै पराजित गर्न सकिने बताउनुभयो ।