काठमाडौं- परिवार दलका अध्यक्ष तथा सभासद् एकनाथ ढकालले सत्तारुढ दल नेकपा एमालेका शिर्ष नेताहरूलाई मेलमिलाप गरेर नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्न आग्रह गर्नु भएको छ ।
जनजीवन कोभिड-१९ महामारीले आक्रान्त परेको र देशको अर्थतन्त्र थला परेको अवस्थामा राजीतिक दलहरूलाई आन्तरिक द्धन्दमा समय बिताउने छुट नहुने भन्दै अध्यक्ष ढकालले क्षमा प्रेम र एकताको मार्गचित्र अनुशरण गर्न आग्रह गर्नु भएको हो ।
उहाँले मुलुकलाई निकास दिन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र शीर्ष नेताहरू तथा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनाललाइ आग्रह गर्नुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका ढकालले कठिन समयमा आफू हारेर पनि देश र र जनतालाई जिताउने नेतृत्वनै इतिहासले कदर गर्ने बताउँदै यो अवसर एमालेका शीर्ष नेतृत्वलाई प्राप्त भएकोले खेर नफाल्न पनि नेता ढकालले सुझाव दिनुभएको छ ।
नेपाल परिवार दलले नेकपा एमालेसँग ३ बुँदे सहमति गरि गत निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लडेको थियो ।
प्रतिक्रिया