अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परिवार दलद्वारा सत्तारुढ दलका शीर्ष नेतृत्वलाई मेलमिलाप गर्न आग्रह

परिवार दलद्वारा सत्तारुढ दलका शीर्ष नेतृत्वलाई मेलमिलाप गर्न आग्रह


काठमाडौं- परिवार दलका अध्यक्ष तथा सभासद् एकनाथ ढकालले सत्तारुढ दल नेकपा एमालेका शिर्ष नेताहरूलाई मेलमिलाप गरेर नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्न आग्रह गर्नु भएको छ ।

जनजीवन कोभिड-१९ महामारीले आक्रान्त परेको र देशको अर्थतन्त्र थला परेको अवस्थामा राजीतिक दलहरूलाई आन्तरिक द्धन्दमा समय बिताउने छुट नहुने भन्दै अध्यक्ष ढकालले क्षमा प्रेम र एकताको मार्गचित्र अनुशरण गर्न आग्रह गर्नु भएको हो ।

उहाँले मुलुकलाई निकास दिन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र शीर्ष नेताहरू तथा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनाललाइ आग्रह गर्नुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका ढकालले कठिन समयमा आफू हारेर पनि देश र र जनतालाई जिताउने नेतृत्वनै इतिहासले कदर गर्ने बताउँदै यो अवसर एमालेका शीर्ष नेतृत्वलाई प्राप्त भएकोले खेर नफाल्न पनि नेता ढकालले सुझाव दिनुभएको छ ।

नेपाल परिवार दलले नेकपा एमालेसँग ३ बुँदे सहमति गरि गत निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लडेको थियो ।