अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा एकैदिन २०७७ जनाले जिते कोरोना

नेपालमा एकैदिन २०७७ जनाले जिते कोरोना


काठमाडौं- देशभर आज २ हजार ७ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालससम्म ७२ हजार ५६१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै, ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

देशभर आज ९ हजार ७० जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, आज ५४ जनाको कोभिड(१९ सम्बन्धी कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।