अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका सीडीओहरूलाई प्रदेश प्रमुखको टेलिफोन

कर्णालीका सीडीओहरूलाई प्रदेश प्रमुखको टेलिफोन


सुर्खेत- कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा प्रतिकार्यको लागि भइरहेका प्रयासबारे जिल्लागत रूपमा चासो व्यक्त गर्नुभएको छ ।

कर्णाली प्रदेशअन्तरगत जिल्लाहरूमा रहेका प्रमुख जिल्ला अधिकारीलाई आज टेलिफोन गरी कोभिड-१९ रोकथाम तथा प्रतिकार्यका लागि भइरहेका गतिविधिबारे चासो व्यक्त गर्नुभएको हो ।

उहाँले संक्रमण फैलिन नदिनको लागि भइरहेको निषेधाज्ञा र त्यसको पालनाको अवस्था, क्वारिन्टिन, आइसोलेसन र कोभिड विशेष अस्पताल, कोभिड-१९ चेकजाँचको उपलव्धता, संक्रमित भइहालेमा संक्रमितलाई गरिने उपचार, अस्पतालमा अक्सिजनको अवस्थालगायतबारे कुराकानी गर्नुभएको छ ।

टेलिफोनमार्फत् माननीय प्रदेश प्रमुखज्यूले विश्वभर महामारीको रुप लिएको कोभिड १९ प्रतिकार्यमा हालसम्म भइरहेका क्रियाकलाप र प्रमुख जिल्ला अधिकारीहरूले देखाएको क्रियाशिलताको प्रशंसा गर्दै संक्रमणबाट आफू पनि जोगिन सचेत गराउनुभयो ।

यसैगरी, उहाँले नागरिकको स्वास्थ्यभन्दा ठूलो कुरा अरू नहुने भएकाले संक्रमण फैलने नदिने र फैलिहालेमा नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशनसमेत दिनुभएको छ ।

संक्रमण फैलिन नदिन हाल कर्णाली प्रदेशका १० वटै जिल्लाभर जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेका छन् ।