अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री भट्टलाई मातृशोक

मुख्यमन्त्री भट्टलाई मातृशोक


कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहनुभएका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसक्नुभएको र आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उहाँका घरपरिवारले जनाएको छ ।