अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई भेटे लगत्तै माधव नेपाल शितल निवासमा

देउवालाई भेटे लगत्तै माधव नेपाल शितल निवासमा


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाटै नेता नेपाल शीतल निवासतिर जानुभएको हो ।

शितल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र नेता नेपालबीच एक्लाएक्लै भेटवार्ता भइरहेको छ ।

शितलनिवास जानुअघि देउवा र नेपालबीच झण्डै एक घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन यही २७ गते संसद बैठक बोलाएपछि नेताहरूबीचको भेटवार्ताले तीव्रता पाएको छ ।