काठमाडौं- सत्तारुढ नेकपा एमाले विवाद उत्कृर्षमा भएका बेला दोस्रो तहका तीन नेताबीच भेटवार्ता भएको छ ।
आज साँझ नागपोखरीस्थित होटल मेरियटमा असन्तुष्ट माधव नेपाल समूहका नेताद्वय घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको हो ।
छलफलमै भएकाले भेटवार्ता के कति सफल हुने भन्नेबारे भने अहिले भन्न नसकिने नेता पाण्डेले बताउनुभयो ।
वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि दोस्रो तहका नेताहरूबीचको भेटवार्ता अर्थपूर्ण मानिएको छ ।
आज साँझ मात्रै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शितल निवास जानुभएको छ ।
प्रतिक्रिया