अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको आन्तरिक विवाद समाधानतर्फ : माओवादीमा खैलाबैला

एमालेको आन्तरिक विवाद समाधानतर्फ : माओवादीमा खैलाबैला


काठमाडौं- नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउने गोप्य कसरतहरु बाहिरिएपछि नेकपा माओवादी केन्द्र भित्र खैलाबैला भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न स्रोतहरु मार्फत बिहानै बरिष्ठ नेता माधव नेपाललाई के कति कारणले प्रधानमन्त्री ओलीसँग सहमती गर्न लाग्नुभयो भनेर जिज्ञासा राख्नुभएको छ ।

नेता नेपालले हिजै प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवा र मधेसवादी दलका नेताहरुसँग भेटेर आसन्न राष्ट्रिय सभाको उपचुनावमा आफ्नो समुहले सघाउने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस अघि पनि नेता नेपालले प्रधानमन्त्री ओलीसँगको झण्डै आधा शताब्दी लामो राजनीतिक सहकार्य टुंगिएकोले नयाँ सहकार्यको पक्षमा आफू रहेको प्रचण्डलाई बताउदै आउनुभएको थियो ।

नेपालले दिएको बचन अनुसार बाग्मतीमा खिमलाल देवकोटालाई राष्ट्रियसभाको उम्मेद्वार बनाउने निर्णय भएको थियो । देवकोटालाई नेता नेपालले उम्मेद्वारका लागि प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित उम्मेद्वार देवकोटाले आज बिहानै आफू मनोनयनका लागि हेटौडा पुगेको जानकारी फेसबुक मार्फत दिनुभएको छ ।

स्रोतका अनुसार प्रचण्डले नेकपा भएका बेला म सँग एउटा कुरा गर्ने ओलीसँग गएर सहमति गर्ने तपाईंको बानीले म हैरान भइसकें भन्ने गरेको कुरा पनि स्मरण गराउनुभएको छ ।

‘पहिला माधवजीले मलाई हामीसँग एउटा कुरा गर्ने,ओलीजीसँग अर्को सहमति गरेर पटक पटक धोका दिनुभएको छ भन्नुहुन्थ्यो’ प्रचण्डले नेपालसँग गरेको गुनासो सुनाउदै एक नेताले भन्नुभयो ‘अहिले नेपालले प्रधानमन्त्रीसँग गरेको सहमतीले प्रचण्ड त्यस्तै अफ्ठ्यारोमा पर्नुभयो । हिजो दिनभर एमाले वृतको दौडधुपले माओवादीले अर्को उम्मेद्वार खोज्नु पर्ने अवस्था आयो ।’