अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफ्नासँग सहमती गर्न अडान र आग्रहको भोटे ताला नलगाऔं : विश्वकर्मा

आफ्नासँग सहमती गर्न अडान र आग्रहको भोटे ताला नलगाऔं : विश्वकर्मा


काठमाडौं नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले आफ्नासँग सहमति गर्न अडान र आग्रहको भोटे ताला लगाउनु नुहने बताउनुभएको छ ।
फेसबुक पेजमा स्टाटस लेख्दै नेता विश्वकर्माले राजनीतिमा कहिले पनि सम्भवानाको ढोका बन्द नहुने उल्लेख गर्नुभएको छ । सम्झौता गर्न परे आफ्नै सँग गर्ने तर बाहिरकासँग झुक्नु नहुने विश्वकर्माको तर्क छ । विश्वकर्माले एमाले विवादले पार्टी भित्र देखा परेको दरारलाई इंगित गर्दै अडान र आग्रह त्याग्न दुवै पक्षलाई आग्रह गर्नुभएको हो ।
विश्वकर्माले लेख्नुभएको छ ‘राजनीतिमा सम्भावनाको ढोका बन्द गर्नु हुदैन । त्यसैले अडान र आग्रहको भोटे ताला लगाउनु हुदैन । सम्झौता गर्नै परे गरौं आफ्नासँग । बाहिरका सँग झुक्नु हुदैन ।’