अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खिमलाललाई समर्थन गर्नबाट पछि हट्यो माधव समूह

खिमलाललाई समर्थन गर्नबाट पछि हट्यो माधव समूह


हेटौँडा- राष्ट्रिय सभाको उपनिर्वाचनका लागि खिमलाल देवकोटालाई समर्थन गर्ने कदमबाट माधव नेपाल पक्ष पछि हटेको छ ।

एमाले पृष्ठभूमीका  देवकोटाको प्रस्तावक माओवादी केन्द्रका प्रदेश सभा सदस्य शालिकराम जमरकटेल हुनुहुन्छ भने समर्थक कांग्रेसकी प्रदेशसभा सदस्य राधा घले हुनुहुन्छ ।

देवकोटाले आफू स्वतन्त्र उम्मेद्वार भएको बताउनुभएको छ । हिजो माधव नेपालले प्रस्ताव गरेर उहाँ उम्मेद्वार हुनुभएको थियो । एमालेको आन्तरिक विवाद मिल्दै जाँदा देवकोटालाई समर्थन गर्ने कदमबाट माधव पक्ष पछि सरेको हो ।