काठमाडौं- संघीय संसद् सचिवालयका एक उपसचिवको कोरोना संक्रमणबाट निधन भएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका-१ घर भई संसद् सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार बिहान निधन भएको हो ।
सांसदहरूको स्वाब संकलन गरेकै दिन वैशाख २२ मा उहाँको स्वाब संकलन गरिएको थियो।
पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा समस्या आएपछि बिहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा निधन भएको हो ।
उहाँ केही समयअघि पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको थियो ।






प्रतिक्रिया