अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा गण्डकी र लुम्बिनीको दबाब : पार्टी एक नरहे इतिहासले मौका दिदैन

एमालेमा गण्डकी र लुम्बिनीको दबाब : पार्टी एक नरहे इतिहासले मौका दिदैन


वुटवल- लुम्बिनी र गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला संयोजकहरुले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउन नेताहरुलाई आग्रह गरेका छन् ।
दिउसो गण्डकी प्रदेशका जिल्ला संयोजकहरुले पार्टी एकताका लागि विज्ञप्ती निकालेकोमा अपरान्ह लम्बिनीका अध्यक्षहरु पनि थपिएका छन् ।
लुम्बिनी प्रदेशका १३ वटा जिल्लाका अध्यक्षहरुले निकालेको विज्ञप्तीमा अहिले पार्टीलाई एकतावद्ध बनाएर लैजान नसके इतिहासले कहिले पनि मौका नदिने उल्लेख छ । ‘कम्यूनिष्ट पार्टीको इतिहास आदर्श,मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं ’ विज्ञप्तीमा भनिएको छ ‘यदी अहिले हामी एकजुट हुन सकेनौ भने इतिहासले हामीलाई कहिले पनि क्षमा दिने छैन ।’
यसी विज्ञप्ती जारी गर्नेहरुमा रुपन्देहीका शिवराज सुवेदी,कपिलवश्तुका झविलाल पोख्रेल,अर्घाखाँची चेतनारायण आचार्य,दाङ हुकुम बहादुर बस्नेत,बाँके सूर्य ढकाल,रुकुम टोपबहादुर ओली,बर्दीया लालबहादुर श्रेष्ठ,रोल्पा बालाराम बुढा,प्यूठान तुल्सीराम शर्मा,गुल्मी मधुकृष्ण पन्त,पाल्पा नारायण आचार्य र परासी दिपेन्द्र अधिकारी हुनुहुन्छ ।
यसैगरी गण्डकीका ११ वटा जिल्लाका अध्यक्षहरुले पनि आजै विज्ञप्ती जारी गरेर एकतावद्ध एमालेको पक्षमा लाग्न नेताहरुलाई अनुरोध गर्नुभएको छ । एमाले भित्रको अहिलेको गतिविधीले पार्टीलाई दिनानुदिन क्षती गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।
यसरी विज्ञप्ती जारी गर्नेहरुमा कृष्ण थापा कास्की,सूर्यप्रसाद शर्मा( पारस) स्याञ्जा,केदार सिग्देल तनहँु,धनन्जय दवाडी लमजुङ,पदम गीरी पर्वत,इन्द्रलाल सापकाटा वाग्लुङ,हरीकृष्ण श्रेष्ठ म्याग्दी,चन्द्रमोहन गौचन मुस्ताङ,पाल्देन छापेन गुरुङ मनाङ र रोशन गाहा नवलपुर हुनुहुन्छ ।