अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारका अढाइ घण्टा : सहमतीको विन्दु खोज्न प्रयास जारी राखिने

बालुवाटारका अढाइ घण्टा : सहमतीको विन्दु खोज्न प्रयास जारी राखिने


काठमाडौं -नेकपा एमालेको विवाद मिलाउन बालुवाटारमा अढाइ घण्टा भएको छलफलमा मिलन विन्दुको खोजी जारी राखेको छ । हिजो होटल मेरियटमा पनि यस्तै छलफल भएको थियो ।
एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले हिजोको निरन्तरता स्वरुप आज पनि छलफल भएको बताउनुभयो । ‘दिउसो साढे ४ बजे देखि साँझ ७ बजेसम्म छ जना बसेर छलफल ग¥यौं । सहमतीको विन्दु खोज्दा खोज्दै समय सकियो’ नेम्वाङले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो ‘भोली पनि उसैगरी छलफल गरेर सहमतीको विन्दु पहिल्याउने क्रमलाई निरन्तरता दिनेछौं ।’
आजको छलफलमा प्रधानमन्त्रीका तर्फबाट नेम्वाङ,अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल हुनुहुनथ्यो भने माधव नेपाल पक्षबाट घनश्याम भुसाल,योगेश भट्टराई र गोकर्ण विष्ट हुनुहुन्थ्यो । सुरेन्द्र पाण्डे विरामी भएको कारण देखाएर बैठकमा नआउनुभएको नेम्वाङले बताउनुभयो । ‘सहमतीको विन्दु भेटिएपछि सबै कुरा भनौला । छलफलमा तपाईंहरुले बाहिर सुनेकै कुरा उठेका छन् ।’
खासगरी माधव पक्षले पार्टीका सबै संरचनाहरु २०७५ को जेठ २ गते अनुसारका हुनु पर्ने माग गरेको छ । प्रधानमन्त्री पक्षले भने समय धेरै अगाडी बढी सकेकोले अब २०७५ जेठ २ को सन्दर्भ पुरानो भइसकेको बताउदै आएको छ ।