अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक आयोगको नियुक्ति बन्द गर्न माधव नेपालको आग्रह

संवैधानिक आयोगको नियुक्ति बन्द गर्न माधव नेपालको आग्रह


काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक नियुक्तिको काम बन्द गर्न आग्रह गर्नु भएको छ ।

नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई सो कार्य बन्द गर्न आग्रह गर्नु भएको हो । उहाँले सरकारलाई कोभिड नियन्त्रणमा क्रियाशिल हुन पनि सुझाव दिनुभएको छ ।

‘कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवं अलोकतान्त्रिक कार्य हो,’ नेपालले भन्नुभएको छ ।

मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने नेपालको धारणा छ । ‘अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु,’ नेपालले उल्लेख गर्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा हालै संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गर्नु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको लागि संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ ।