अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोभिडविरुद्धको लडाइमा नेपाललाई सघाउन विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

कोभिडविरुद्धको लडाइमा नेपाललाई सघाउन विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीमा नेपाललाई सघाउन विश्व समुदायसमक्ष आग्रह गर्नु भएको छ ।

आज दिउँसो१२ बजे अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलको प्रत्यक्ष प्रसारणमा जोडिनुभएका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नु भएको हो ।

उहाँले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको बताउनुहुँदै भावी दिनमा हुनसक्ने संकटलाई मध्यनजर गर्दै विश्व समुदायलाई सघाउन विशेष अनुरोध गर्नुभयो ।

नेपालमा पनि दोस्रो लहरको कोरोना महामारीले भयावह रूप लिँदै गर्दा प्रधानमन्त्री ओलीले विश्वसामु यस्तो अपिल गर्नुभएके हो । उहाँले सरकारले यसको नियन्त्रणका लागि सक्दो प्रयास गरी रहेको बताउनुभयो ।