वीरगन्ज- शरीरमा अक्सिजनको मात्रा र पल्स जाँच गर्ने अक्सिमिटर दोब्बर मूल्यमा बिक्री गर्ने एक व्यवसायी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारी रहेका छन् । उनले आफ्नै घरमा खोलेको औषधि पसलमा एक हजार ९ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३ हजार पाँच सय रुपैयाँमा बिक्री गरेको प्रहरीमा उजुरी पुगेको थियो ।
विशेष सूचनाको आधारमा शुक्रबार साँझ साढे ५ बजे प्रहरी टोलीले तिवारीको पसलबाट १२ थान अक्सिमिटर बरामद गरेको थियो ।
तिवारीलाई नियन्त्रणमा लिएर कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया