अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसदका १९ जना सांसद संक्रमित, २७ गतेको संसद बैठक के होला ?

संघीय संसदका १९ जना सांसद संक्रमित, २७ गतेको संसद बैठक के होला ?


काठमाडौं- संघीय संसदका १९ जना सासदहरूसहित संसद् सचिवालयका ठूलो संख्यामा कर्मचारीलाई कोरोना देखिएपछि संसद् बैठक सञ्चालन हुने विषयमा शंसय उत्पन्न भएको छ ।

संघीय संसद् सचिवालयले २७ गतेको संसद् बैठकका लागि वैशाख २२, २३ र २४ गते सांसद, कर्मचारी, मर्यादापालक र पत्रकार गरी १ हजार २ सय ३५ जनाको कोरोना परीक्षण गरेकोमा १ सय ६० जनाको नतिजा पोजिटिभ आएको छ ।

यति ठूलो संख्यामा सांसद, कर्मचारी, मर्यादापालकहरू संक्रमित भएको अवस्थामा संसद् बैठक बस्ला वा सरकारले कुनै निर्णय गरेर यसलाई धेकेल्ला भन्ने प्रश्न उब्जिएको छ । २७ गतेको संसद् बैठकमा सरकारले विश्वासको मत लिने कार्यसूची छ । तर, संक्रमितहरूलाई कसरी मतदानमा सहभागी गराउने भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन ।

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डका अनुसार भोलि वा पर्सि संसद् सचिवालयको कार्य व्यवस्था समितिको बैठक बसेर यसबारेमा निर्णय गरिनेछ ।

‘संक्रमित माननियज्यूहरूले मत हाल्नु परेको खण्डमा वैकल्पिक व्यवस्था के गर्ने भनेर कार्यव्यवस्था समितिले सिफारिस गर्दछ । त्यसका आधारमा सभामुखज्यूले निर्णय गर्नु हुनेछ,’ डा. पाण्डेले नेपाली बहस डट कमसँग भन्नुभयो ।

कतिपयले सांसद र कर्मचारीको पनि ठूलो संख्या संक्रमित भएकोले सरकारले आजको मन्त्रिपरिषद् बैठकको अधिवेशन केही पर सार्ने हो कि भन्ने आशंका पनि गरेका छन् ।

२०७२ सालमा संविधान जारी गर्ने बेलामा एक जना अस्पतालमा उपचार गराइरहनु भएको थियो । उहाँलाई एम्बुलेन्समा ल्याएर संविधानको किताबमा हस्ताक्षर गराइएको थियो ।