अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नल्याउने कांग्रेसको निष्कर्ष

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नल्याउने कांग्रेसको निष्कर्ष


काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव नल्याउने निष्कर्ष निकालेको छ ।

आज नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो ।

साथै, कांग्रेसले प्रधानमन्त्रीविरुद्ध वैशाख २७ मा मतदान गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

उहाँले ओली बहिर्गमनपछि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नेगरि निर्णय भएको बताउनुभयो ।