अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक सुरू, महत्वपूर्ण निर्णय हुन सक्ने

मन्त्रिपरिषद् बैठक सुरू, महत्वपूर्ण निर्णय हुन सक्ने


काठमाडौं- बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । केहीबेरअघि सुरू भएको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने सम्भावना छ ।

आजको बैठकमा वीर अस्पताललाई स्वास्थ्य मन्त्रालयले लिएर कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरिने बताइएको छ ।

स्रोतका अनुसार कोभिडको फैलदो संक्रमणसँग जुध्नका लागि सरकारले वीर अस्पताललाई सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयले यो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिसकेको र आजै सो प्रस्तावबारे मन्त्रिपरिषदले निर्णय गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशवासीलाई सम्बोधन गर्ने क्रममा वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने बताउनुभएको थियो ।