काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालयका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।
शुक्रबार प्रधानमन्त्रीसहित १ सय ५१ जनाको परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको हो ।
प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र सचिवालयका रुपेश आचार्यलाई संक्रमण भएको स्रोतले नेपाली बहस डट कमलाई बतायो ।
स्रोतका अनुसार तीन जनाको ‘सिटी भ्यालु हाइ’ छ । उहाँहरूको स्वास्थ्यमा कुनै समस्या नभएको जनाइएको छ ।
थापा र भण्डारीलाई अघिल्लो चरणमा पनि संक्रमण देखिएको थियो ।







प्रतिक्रिया