काठमाडौं- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
काठमाडौंको जोरपाटीमा साता दिनदेखि उपचार गराइरहनुभएका बुढाको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ ।
उहाँ एमालेको तर्फबाट २०७४को स्थानीय तहको निर्वाचनमा मेयर निर्वाचित हुनु भएको थियोे ।
यसैगरी, काठमाडौंको संखरापुर नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष बुद्धिबहादुर तामाङको पनि आज निधन भएको छ ।
उहाँहरू दुवै जनाको उपचार नेपाल मेडिकल कलेजमा भइरहेको थियो ।







प्रतिक्रिया