अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा ठूलो संख्यामा माओवादी नेताहरू एमालेमा प्रवेश (विज्ञप्तिसहित)

झापामा ठूलो संख्यामा माओवादी नेताहरू एमालेमा प्रवेश (विज्ञप्तिसहित)


झापा- झापाको मेचीनगर नगरपालिकाका माओवादी केन्द्रका नेताहरू पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै नगरकमिटी सदस्यसहित वडा कमिटी अध्यक्ष र मजदुर संघका पदाधिकारीले पार्टी परित्यागगर्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान सफल बनाउन एमालेमा लाग्ने विज्ञप्तिमार्फत बताइएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘सुखी नेपाली, समृद्ध नेपाल बनाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद उन्मुख दिशा निर्देश गर्न नेकपा एमालेले अभिभावकिय भूमिका निर्वाह गरी रहेको छ ।’

नेकपा एमालेलाई मूल कम्युनिष्ट पार्टी बनाउन लागी पर्ने विज्ञप्तिमा जनाइएको छ । व्यक्तिगत इच्छा, चाहाना र आकांक्षालाई गौण ठानी देश निर्माणमा लाग्न एमाले रोजेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी परित्याग गर्नेहरुमा नेकपा माओवादी केन्द्र मेचीनगर कमिटी सदस्य दिपेन्द्र रिजाल, ८ नम्बर वडा कमिटि अध्यक्ष कुन्दन निरौला, अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय सचिव तिलक दर्जी र टोकला चिया इकाई अध्यक्ष द्वारीक गुरुङ रहनुभएको छ ।

त्यस्तै, ८ नम्बर वडा कमिटी सदस्य तथा वाइसिएल वडा इञ्चार्ज रमेश नेपाली, वडा कमिटीका सदस्यहरु रुद्रलाल पुरी र इन्दिरा अधिकारी हुनुहुन्छ ।

पार्टी परित्याग गर्नुभएका सबैले विज्ञप्तीमा सामुहिक हस्ताक्षर गरी आजकै मितिबाट नेकपा एमालेमा समाहित भएको जानकारी समेत गराउनुभएको छ ।

विज्ञप्ति :