अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल समूहलाई सत्यनासको बाटो त्याग्न अपिल गर्दै जनस्तरबाट एसएमएस अभियान

माधव नेपाल समूहलाई सत्यनासको बाटो त्याग्न अपिल गर्दै जनस्तरबाट एसएमएस अभियान


काठमाडौं– नेकपा एमालेका सांसदहरुले राजीनामाको तयारी गरिरहँदा जनस्तरमा एसएमएस अभियान सुरु भएको छ ।

दुई शीर्ष नेताको व्यक्तिगत तित्तताका कारण पार्टी विग्रहमा जान नहुने भन्दै अभियान सुरु गरिएको हो । ‘विचार सिद्धान्तको होइन । ओली–नेपालको व्यक्तिगत इगोले सत्यनासको बाटोमा लाग्नुहुने छैन भन्ने लागेको छ । ०५४ सालको क्षतिपूर्ति पाउन ०७४ साल पर्खनुपर्‍यो,’ एसएमएसमा लेखिएको छ, ‘अहिलेको क्षति तपाईंको पुस्ताले तिर्न सक्दैन । तपाईं र नयाँ पुस्ताको राजनीतिक भविष्य हत्या गर्ने बाटो त्यागिदिनुहोला ।’

अभियानमा संलग्नहरुका अनुसार उक्त व्यहोराको एसएमएस राजीनामाको तयारीमा रहेका एमालेका सांसदहरुसहित प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायतलाई पठाइएको छ ।