अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलका विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुनले नेपाली बहस डट कमलाई दिएको जानकारी अनुसार आज दिउसो ११ः३० बजे ४० जना सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हो ।

‘प्रदेश सभाका ४० जना माननियहरूको हस्ताक्षरसहित दिउसो ११ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको छ,’ सचिव पुनले भन्नुभयो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका सांसदहरूले अविश्वासको पक्षमा हस्ताक्षर गर्नुभएको छ ।