काठमाडौं- संवैधानिक परिषद्को आजको बैठकले पूर्वसचिव माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको छ ।
पाँच वर्षअघि आयोगको सचिवबाट अवकाश पाएका ५९ वर्षीय रेग्मी झापाको गौरादह नगरपालिका-३ का बासिन्दा हुनुहुन्छ ।
रेग्मीले विभिन्न पदमा रहेर आठ वर्ष आयोगमा काम गर्नुभएको थियो ।
रेग्मीले कर्मचारी जीवनमा विभिन्न पदमा लोकसेवा आयोगका सात वटा पदमा परीक्षा दिँदा पहिलो पटक नै उतिर्ण हुनुभएको थियो ।
प्रतिक्रिया