अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा आगलागी, ६ घर जलेर नष्ट

उदयपुरमा आगलागी, ६ घर जलेर नष्ट


उदयपुर- उदयपुरमा आइतबार आगलागी हुँदा ६ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

आइतबार बिहान चौदण्डीगढी नगरपालिका-८ बिरेन्द्रबजारमा विद्युत सर्ट भएर बिहान तीन बजेतिर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार स्थानीय भरत राईको घरबाट सुरू भएको आगोले कला राई, डम्बर राई, बादल राई, पद्मा मगर र कृष्ण मगरको घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट दुई मोटरसाइकल र एक ट्याक्टर पनि आंशिक रुपमा क्षति भएका गौतमले बताउनुभयो ।

आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट १ करोड २० लाख बढीको क्षति भएको प्रहरी प्रवक्ता गौतमले जानकारी दिनुभयो ।