अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई महन्थको सन्देश : उपेन्द्रको भरमा प्रधानमन्त्री बन्ने सपना नदेख्नू

देउवालाई महन्थको सन्देश : उपेन्द्रको भरमा प्रधानमन्त्री बन्ने सपना नदेख्नू


काठमाडौं- जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।

आइतबार देउवा निवास बुढानिलकण्ठमा ठाकुर, महतो र देउवाबीच डेढ घण्टा छलफल भएको हो । स्रोतका अनुसार अध्यक्ष ठाकुरले देउवालाई वैकल्पिक सरकारको सम्भावनाबारे नसोच्न आग्रह गर्नुभएको थियो । हामी सरकारमा जाने अहिले कुनै सम्भावना छैन । जसपाले सहयोग गरेर सरकार बन्छ भन्ने नसोच्नुहोला । महन्थलाई उद्दृद गर्दै स्रोतले भन्यो ।

महन्थले सभापति देउवालाई उपेन्द्र यादवको आशमा परेर प्रधानमन्त्री बन्ने सपना नदेख्न पनि अनुरोध गरेको स्रोतको दावी छ । विश्वासको मतमा जसपा तटस्थ बस्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै चुनावमा जानुपर्ने अवस्था सिर्जना भएको महन्थले देउवालाई सन्देश दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको साथमा खुलेर लाग्नुभएका महन्थ र राजेन्द्र कसैको साथमा नरहेको प्रष्ट पार्न देउवा निवास पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक आह्वान गर्नुभएको छ ।