काठमाडौं- नेकपा एमाले नेता माधवकुमार नेपाल समूहको सामूहिक राजीनामा रोकिएको छ ।
पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटेपछि नेपाल समूहको सामूहिक राजीनामा रोकिएको हो ।
नेपाल समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो । नेपालले आफू निकटका सांसदहरूलाई बोलाएर केही बेर छलफलसमेत गर्नुभयो । तर, सो समूहले सामूहिक राजीनामा दिने निर्णय भने गर्न सकेन ।
प्रतिक्रिया