काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेल र म्याग्सेसे पुरष्कार बिजेता तथा चर्चित नेपाली बैज्ञानिक महावीर पुनबीच आज भेट भएको छ ।
भेटमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय आबिष्कार केन्द्रले कोरोनाविरुद्धको लडाईंमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
आबिष्कार केन्द्रलाई जीवन्त राख्न सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।
बैज्ञानिक पुनले पनि सरकारले खेलेको भूमिकाको चर्चा गर्दै काम गर्दा पनि नदेखिने अबस्था बनेको बताउनुभयो । उहाँहरूबीच अक्सिजन सिलिण्डर, स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्री निर्माणलगायतका विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया