काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विभिन्न सञ्चार माध्यमले चर्चा गरे जस्तो आज प्रधानमन्त्रीले राजीनामा नगर्ने बताउनुभएको छ ।
‘विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ भनेर लेखेको देख्छु तर यो गलत सावित हुन्छ,’ नेम्वाङले नेपाली बहस डटकमसँग कुरा गर्दै भन्नुभयो, ‘बहुमत प्राप्त भएन भने पनि प्रधानमन्त्री संविधान बमोजिम अगाडि बढ्नुहुन्छ । बहुमत प्राप्त भएन भने पनि संविधान बमोजिम अगाडि बढ्नुहुन्छ ।’
‘विश्वासको मत प्राप्त नभए पनि उहाँले राजीनामा गर्नुहुन्न । राजीनामा गर्नुपर्ने संविधानमा व्यवस्था छैन,’ नेम्वाङले भन्नुभयो, ‘विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्रीको पद रिक्त हुन्छ । अर्को प्रधानमन्त्री नआएसम्म त्यही प्रधानमन्त्रीले सरकारको काम गर्नुहुन्छ भन्ने व्यवस्था छ संविधानमा । त्यसै अनुसार प्रधानमन्त्री अगाडि बढ्नुहुन्छ ।’
संसदमा आज बहुमत प्राप्त नहुँदा दुई वा सो भन्दा बढी दलको सरकार बन्ने प्रक्रिया अघि बढ्छ । त्यस्तो अवस्था नदेखिएकोले ठूलो पार्टीको अध्यक्षको हैसियतले केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।

प्रतिक्रिया