काठमाडौं– नेकपा एमालेका युवा नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेत कोरोनामुक्त हुनुभएको छ ।
वैशाख २३ गते संसद भवनमा गरिएको परीक्षणबाट बस्नेतमा कोरोना संक्रमण पुष्टि भएकोमा पुनः आइतबार दोस्रोपटक परीक्षण गराउँदा रिपोर्ट नेगेभिट आएको छ । उहाँ पाँच दिनमै संक्रमणमुक्त हुनुभएको स्वकीय सचिव दिनेश थापाले जानकारी दिनुभयो ।
घरमै आइसोलेसनमा रहनुभएका बस्नेतले आफ्नो पहिलो रिपोर्टमा सिटी भ्यालु ३६ देखिएकाले चिकित्सकको सल्लाहमा तत्कालै अर्को परीक्षण गर्दा नेगेटिभ आएको हो ।
कोरोनाविरुद्ध भ्याक्सिनको दुवै डोज लगाए पनि बस्नेतमा संक्रमण भएको थियो ।
प्रतिक्रिया