अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मत लिने दिन कमल थापाले प्रधानमन्त्रीलाई सम्झंदै लेख्नुभयो– ‘ओलीको कामको सम्झना भइरहनेछ’

विश्वासको मत लिने दिन कमल थापाले प्रधानमन्त्रीलाई सम्झंदै लेख्नुभयो– ‘ओलीको कामको सम्झना भइरहनेछ’


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन पूर्वमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले गरेका स्मरणीय कामको सम्झना गर्नुभएको छ ।

सोमबार बिहान ट्विट गर्दै थापाले लेख्नुभएको छ, ‘नाटकीय परिवर्तन भएन भने आज प्रमले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला। फेरि प्रम बन्न सक्नुहोला । जेहोस् अनेक विवाद/असफलताका वावजुद लिम्पियाधुरासहितको ुचुच्चेु नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहने छ ।’

थापा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उपप्रधान तथा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । नाकाबन्दी सामना गर्न थापाले अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नेपालको शीर उचो बनाउनुभएको थियो ।

थापाले ओलीको पहिलो कार्यकालमा मन्त्री हुँदा आफूलाई देशभक्त प्रधानमन्त्रीको क्याबिनेटमा रहनु भाग्यको कुरा भएको टिप्पणी गर्नुभएको थियो ।