काठमाडौं– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपालका शर्त मान्य नभएको प्रतिक्रिया दिनुभएको छ ।
संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन ६ बुँदे शर्त अघि सार्नुभएका नेपालको बाटो नै गलत भएको थापाको भनाइ छ । ‘निकै राति माधव नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटो लाग्ने नै पो भन्नुभएछ । प्रधानमन्त्रीले विश्वासको मत लिन कसैका मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्न भनी मजाक गरेको देखियो। राजनीति गर्नु राम्रो, तर परचक्री सेवाको नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन,’ थापाको ट्विट छ ।
प्रेस सल्लाहकार थापा दोस्रोपटक कोरोना संक्रमण भएपछि आइसोलेसनमा हुनुहुहुन्छ ।
म त आइसाेलेसनमा छु-
निकै राति माधव नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटाे लाग्ने नै पाे भन्नुभएछ!
प्रधानमन्त्रीले विश्वासकाे मत लिन कसैका मनाेगत शर्त र कुण्ठासँग साैदावाजी गर्न भनी मजाक गरेकाे देखियाे।राजनीति गर्नु राम्रो,तर परचक्री सेवाकाे नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन।— Surya Thapa (@ThapajiSurya) May 10, 2021







प्रतिक्रिया