काठमाडौं– प्रधानमन्त्रीले विश्वासको मत लिने केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका पक्षमा अपिल गर्नुभएको छ ।
फेसबुकमार्फत प्रधानमन्त्रीले आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने उल्लेख गर्नुभएको छ । ‘नेकपा एमाले संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ,’ उहाँले भन्नुभएको छ, ‘त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।’
प्रधानमन्त्री ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा जोड दिनुभएको छ । ‘म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ प्रधानमन्त्रीको अपिल छ ।
प्रतिक्रिया