काठमाडौं- प्रतिनिधि सभा सदस्य महेश बस्नेतको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार विहान महेशको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । वैशाख २३ गते संसद् भवनमागरिएको परीक्षणबाट महेशलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
घरमै आइसोलेसनमा बस्नुभएका बस्नेतले चिकित्सकको सल्लाहमा तत्काल दोस्रो पटक कोरोना परीक्षण गर्नु भएको थियो ।
कोरोनाको कुनै लक्षण नदेखिएको उहाँले बताउनुभयो ।
सांसद बस्नेतले भन्नुभयो, ‘सार्वजनिक कार्यक्रमहरूमा सहभागी भइरहनुपर्ने कारणले सकेसम्म सतर्कता अपनाउने गरेको थिए । खानपानमा ध्यान दिँदै नियमित व्यायाम गर्ने गरेको थिए । भ्याक्सिनको दुवै डोज पनि लगाएको थिए ।’







प्रतिक्रिया