अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोेना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन

कोरोेना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन


ओखलढुंगा- कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ ।

कोभिड-१९ बाट संक्रमित भई काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा निधन भएको हो ।

एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गर्नुभएका कार्कीले २०१८ सालमा कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा सुरू गर्नुभएको थियो । उहाँले प्रतिबन्धित कालमा पटकपटक कारागार जीवन बिताउनाका साथै प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैबीच, कार्कीको निधनप्रति ओखलढुंगा कांग्रेसले शोक व्यक्त गरेको छ । पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी गरिएको वक्तव्यमा ओखलढुंगाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्दा गुमाएको बताइएको छ ।

कार्कीको निधनले ओखलढुंगा कांग्रेसमा अपूरणीय क्षति भएको जनाउँदै सात दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र पाँच दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने कांग्रेस ओखलढुंगाले जनाएको छ ।