अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१५ मिनेटका लागि स्थगित भएको संसद् बैठक पुन: सुरू

१५ मिनेटका लागि स्थगित भएको संसद् बैठक पुन: सुरू


काठमाडौं- १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक फेरि सुरू भएको छ ।

विशेष अधिवेशन सुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरू गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गर्नु भएको थियो ।

आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दली आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरूले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीको तर्फबाट विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।

प्रतिनिधि सभामा विश्वासको मत जित्न कम्तिमा पनि १ सय ३४ मत आवश्यक पर्दछ । अहिले प्रतिनिधि सभामा सत्तारुढ दल नेकपा एमालेको १ सय २१ मत छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई सरकारको विपक्षमा मतदान गर्न निर्देशन दिईसकेको छ । जनता समाजवादी पार्टीले भने सांसदलाई ह्वीप जारी नगरी आत्मनिर्णय गर्न छाडिदिएको छ ।