अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले बोलाउनुभयो क्याबिनेट

प्रधानमन्त्री ओलीले बोलाउनुभयो क्याबिनेट


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ ।

आजको मन्त्रिपरिषदको बैठकमा नीति कार्यक्रम र बजेटमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै हुनुहुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि स्वतः पदमुक्त हुनुहुनेछ । त्यसपछि संसदको सबैभन्दा ठूलो दलको नेताका हिसावले पुनः प्रधानमन्त्रीको रुपमा शपथ लिने र बजेट ल्याउने तयारी छ ।