काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै हिसाबले विश्वास नगर्नु पर्ने सरकार नभएको बताउनुभएको छ ।
आज संसद् बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रियताको सवालमा पटकपटक स्वाधिनताको अर्थमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा सरकार कहिँकतै नचुकेको समेत बताउनुभयो ।
‘हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका छौँ । जनताको भावना र हितको प्रतिनिधित्व गर्छौँ । यस्तो अवस्था विचारको आग्रहबाट होइन, स्वार्थबट होइन कहाँ छु, के मा आवद्ध छु चनेर होइन सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ । त्यसरी गर्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘वर्तमान सरकार कुनै हिसाबले विश्वास नगर्नु पर्ने सरकार होइन । राष्ट्रियताको सवालमा पटकपटक स्वाधिनताको अर्थमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा सरकार कहिँकतै चुकेको छैन ।’
प्रतिक्रिया