अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साँसद बैठकमा नजाने माधव पक्षका साँसदको पद गुम्ने

साँसद बैठकमा नजाने माधव पक्षका साँसदको पद गुम्ने


काठमाडौं -माधवकुमार नेपालको गुटले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा नदिने भएको छ । सो गुटले आज बिहान नौ बजेभित्र आफ्ना माग पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूरा नगरे सांसद् पदबाट राजीनामा दिने भन्दै आएको थियो ।
सिंहदरबारमा बसेको सो गुटका सांसद्हरुको बैठकले राजीनामा नदिने र विश्वासको मत दिन बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको हो । सो गुटको यो निर्णय कतिजना सांसद्ले मान्छन् भन्ने प्रष्ट भइसकेको छैन ।
पार्टीको व्हीप उल्लंघन गरेर बैठकमा हुने मतदानमा अनुपस्थित भएमा सांसद् पदबाट हटाउन सकिने व्यवस्था रहेको छ ।
आज अनुपस्थित हुने सांसद्ले राजीनामा नदिए पनि सांसद् पदबाट भने गुमाउनुपर्ने हुन्छ ।