अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कसैप्रति मेरो आग्रह-पूर्वाग्रह छैन : प्रधानमन्त्री ओली

कसैप्रति मेरो आग्रह-पूर्वाग्रह छैन : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कसैप्रति आग्रहपूर्वाग्रह नरहेको बताउनुभएको छ ।

आफू काममा व्यस्त भएकाले सबैलाई फोन गर्न नभ्याएको बताउँदै उहाँले आफ्नो कसैप्रति आग्रहपूर्वाग्रह नहरेको बताउनुभएको हो ।

विगतमा पनि संसदको बलले नै प्रधानमन्त्रीको हैसियतामा रहेकाले फेरि पनि यही हैसियत पाउने उहाँले बताउनुभयो ।

‘यो संसदले मलाई निर्वाचित गरेको हो । यो संसदको बलले तीन वर्षभन्दा बढी सभामुख महोदय प्रधानमन्त्रीको हैसियतामा म रोस्टममा उभ्भिएको छ । यही संसदको बलले म प्रधानमन्त्रीको हैसियतमा रहन्छु भन्ने आशा छ,’

सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।